‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’
चितवन | असोज ३०, २०८१
चितवन: भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ । उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्नुभएको थियो । उहाँले भन्नुभयो, “वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।”
वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आउनुभएको छ । त्यहाँ सङ्कलित रकमले पनि उहाँले विपन्नका लागि सहयोग गर्नुहुन्छ ।
गत तीजमा उहाँले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोसाकको साडी वितरण गर्नुभएको थियो । उहाँले भन्नुभयो, “तीजमा रु तीन लाख खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु । ”
तिहारमा उहाँको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गत वर्षको तिहारमा रु पाँच लाख बढी दान गरेको थिएँ ।”
गत भदौ १५ गते उहाँले आफ्नो जन्मदिनमा रु १८ लाख ६० हजार बराबरको दान गर्नुभएको थियो । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उहाँले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गर्नुभयो । उहाँले भन्नुभयो, “जन्मदिन, तीज, दसैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।”
जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबहरुले आयोजना गर्ने खेलकुदमा उहाँको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि रु एक करोडभन्दा बढी निजी रकम दान गरिसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले स्थानीय हिमालय स्कुलमा रु २२ लाख, रोटरी करुणालय देवघाटमा रु १५ लाख, गणेशधाम संरक्षणमा रु १५ लाख सहयोग गर्नुभएको छ । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आउनुभएको छ ।
उहाँले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्नुहुन्छ । वर्षमा रु पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उहाँको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्चलगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिनुभयो ।
बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आउनुभएको छ । उहाँले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।”
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

